arrow

पत्रकार महासंघमा मनपरी, क्रियाशील पत्रकार हटाउँदै गैरपत्रकारलाई सदस्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
FNJ-Final.jpg

काठमाडौँ । नेपाली पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल पत्रकार महासंघ अहिले गैरपत्रकारहरुको अखडा बन्ने खतरा बढेको छ । 

महासंघका जिम्मेवार पदाधिकारी नै गैरजिम्मेवारी कर्ममा लागेपछि अहिले चौतर्फी विरोधसमेत भइरहेको छ । 

आगामी जेठ २६ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै गर्दा अनधिकृत रुपले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहितका पदाधिकारीहरुले सदस्यता प्रदान गरेको भन्दै सचिवहरु असन्तुष्ट भएका छन् । 

उनीहरुले वास्तविक सदस्यलाई गुमराहमा राखेको, जिल्ला कार्यसमितिले पठाएको सदस्यहरुको सूचीलाई परिवर्तन गरेको, शुद्धिकरणका नाममा छानीछानी व्यवसायिक पत्रकारलाई फालेर गैरपत्रकारलाई राखेको, कलेज सञ्चालक, निर्माण व्यवसायी र अस्पतालका पदाधिकारीलाई सदस्यता दिइएको लगायतका आरोप लगाउँदै सचिवहरु, सदस्यहरुले आपत्ति जनाएका छन् । 

आपत्ति जनाउनेहरुमा सचिवहरु गोविन्दप्रसाद चौलागाईं, दीपेन्द्र चौहान, सिर्जना अर्याल, नारायणप्रसाद किलम्बू र हेमकर्ण विक रहेका छन् । 

त्यस्तै विरोध गर्ने केन्द्रीय सदस्यहरुमा माधव पौडेल, सुभाषप्रसाद साह, उत्तर विष्ट र शन्तराम बिडारी रहेका छन् । 

उनीहरुले सत्ताको सुँढ छिराएर महासंघका निश्चित पदाधिकारीहरुले महासंघको साझा चरित्र विपरीत चोर बाटोबाट सार्वजनिक भएको सदस्यता सूची सच्याइ देशभरबाट छुट भएका क्रियाशील पत्रकारहरुलाई यथाशिघ्र समावेश गरी सदस्यता सूची सार्वजनिक गर्न माग गरेका छन् । 

उनीहरुले तत्काल केन्द्रीय समिति बैठक आह्वान गर्दै विधानतः संगठन समिति र केन्द्रीय समितिबाट अगाडि बढाउनसमेत आग्रह गरेका छन् । 

उनीहरुले महासंघको सदस्यताको विषय टुंग्याएरमात्रै निर्वाचनका कार्यक्रम अगाडि बढाउन निर्वाचन समितिलाई आग्रह गरेका छन् । 

विरोध जनाउनेहरुले २४ घण्टाभित्र माग पूरा नभएमा यसबाट सिर्जित समस्याको जिम्मेवारीसमेत सम्बद्ध पदाधिकारीहरुले लिनुपर्नेसमेत चेतावनी दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ