arrow

ओलीप्रति लगाइएको आरोपको क्षमा नमागे एमाले प्रतिवादमा उत्रने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
kp-oli-2080-07-17.jpg

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले प्रतिवादमा उत्रने भएको छ । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुरा गर्दै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरु सुनेर नबस्ने चेतावनी दिए । 

उनले कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए । कांग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रूपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी दिए । 

उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाए । उनले नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताए । सान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रमहरूले, पछिल्ला दिनका उसका अभिव्यक्तिले सङ्केत गरिरहेको छ । विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको छ । पछिल्ला दिनमा नेकपा एमालेका विरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली काँग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । नेपाली कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरूबाट पद्धति हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रूपमा प्रतिवादमा उत्रिन्छ । उठेको जुन विषय छ, त्यसका बारेमा सार्थक र एउटा संवादबाट सहमतिमा पुगौँ भन्ने कोसिस छ, कांग्रेस कोसिस बिथोल्ने काममा उद्धत छ । हाम्रो स्पष्ट भनाइ के छ भने नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपका प्रति लिखित रूपमा क्षमा याचना गर्नुपर्दछ । सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली काँग्रेससँगको हाम्रो सम्बन्ध ठिक ढङ्गले अघि बढ्न सक्दैन । कांग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरू सुनेर बसिरहने पक्षमा छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ