arrow

आईपीएलको उपाधि कोलकातालाई, व्यक्तिगत अवार्ड कसलाई के ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
sunil-narine.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो । 

कोलकोताले उपाधि जितेसँगै २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ ।  त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरूले ६ करोड ५० लाख भारु नगद पाएको छ ।

फाइनल खेलेका कोलकाता र हैदराबादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । उनी प्लेयर अफ द सिरिज बनेका छन् । उनले ४८८ रन बनाउनुका साथै १७ विकेट लिए । त्यसैगरी अल्टिमेट फेन्टासी प्लेयर पनि सुनिल नै बने । 

त्यस्तै यस आईपीएलमा सर्वाधिक ७४१ रन बनाएका बैंगलुरूका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन् ।

त्यस्तै यस सिजनमा सर्वाधिक २४ विकेट लिएका पञ्जाब किंग्सबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका  छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेटसमेत लिएका थिए ।

त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्वाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्वाधिक ६४ चौका प्रहार गरेका थिए ।

त्यसैगरी कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए ।

उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४.०४ को स्ट्राइक रेटले ९ खेलमा ३३० रन बनाएका थिए ।

सबै व्यक्तिगत अवार्ड विजेतालाई १०–१० लाख भारु नगद पुरस्कार दिइएको थियो ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ