arrow

नेपालमा रेमल चक्रवातको प्रभाव, बिहानैदेखि वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गरहावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ्ग–हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ