arrow

गणतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्छ - खिलराज रेग्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
khilraj-regmi.jpg

काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै उनले गणतान्त्रिक व्यवस्थालाई थप समृद्ध बनाउँदै जनआकाङ्क्षालाई पूरा गर्नेतर्फ सबै अग्रसर हुन जरुरी भएको उल्लेख गरे ।
 
उनले भने, “नेपालको संविधानले नेपालको सार्वभौम राजकीय सत्ता नेपाली जनतामा रहने र नेपाललाई स्वतन्त्र गणतन्त्रात्मक राज्य घोषित गरेको छ । अहिलेको संविधानको सबैभन्दा मौलिक पक्ष भनेको नै यही हो भन्ने मलाई लाग्छ । गणतान्त्रिक व्यवस्थालाई समृद्ध बनाउँदै जनताको अपेक्षा र आकाङ्क्षालाई पूरा गर्दै, निराशालाई आशामा परिणत गर्न सके मात्रै दिवसको सान्दर्भिकता रहन्छ ।”

उनले संविधानको भावनाअनुरुप सबै प्रकारका विधयेकको अन्त्य, आर्थिक समानता र समृद्धि, सामाजिक न्याय, स्वतन्त्रता, सुशासन र पारदर्शितालाई महत्वपूर्ण कुरा हुन् भन्दै सोही बमोजिम मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको गन्तव्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी भएको खाँचो औँल्याए ।

“आज गणतन्त्रात्मक शासन व्यवस्थाको सोमबार १७ वर्षको अभ्यास हुँदै गर्दा संविधान र व्यवस्थाअनुरुप के कस्ता प्रतिफल जनताले हासिल गरे भनेर समीक्षा र मूल्याङ्कन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । यस विषयमा राज्यका निकाय र राजनीतिज्ञ र सरोकारवालाहरुले समीक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ,” उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ