arrow

मन्त्रिपरिषद् बैठक सर्‍यो, बजेटको समय पछाडि धकेलिने सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
prachanda-cabinet-2024.jpg
तस्बिर : फाइल

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सरेको छ। आर्थिक वर्ष २०८०/८१ को लागि बजेट पारित गर्न दिउँसो ११ बजे बोलाइएको बैठक १ बजेका लागि सरेको हो।

गणतन्त्र दिवस समारोह, योजना आयोगको पूर्ण बैठक लगायतमा प्रधानमन्त्री व्यव्सत भएपछि बैठक सरेको जनाइएको छ।

बजेट भाषणका लागि आज १ बजेका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको थियो। मन्त्रिपरिषद् बैठक नै सरेपछि बजेट भाषणको समय समेत सर्न सक्नेछ।

बजेट वक्तव्यअघि आजै सहकारी ठगीका सम्बन्धमा संसदीय समिति गठन गर्नु पर्नेछ। उक्त समितिको गठन गर्न यसअघि नै सहमति भएको भए पनि कार्यादेशमा सहमति नहुँदा राजनीतिक गतिरोधको अवस्था देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ