arrow

सांसद शर्माको टोली काभ्रेको साँगामा, ७६८ बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
kmc-81-2-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको साँगामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

सयपत्री बचत तथा ऋण सहकारी संस्था तथा काठमाडौँ सक्रिय युवा समूहको आयोजना तथा केएमसीको प्राविधिक सहयोगमा मंगलबार देवी माध्यमिक विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको हो । 

शिविरमा ७६८ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८९ जनाको ईसीजी, ७५ जनाको ल्याब परीक्षण र १०५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१६ जनाको दाँत खोलिएको थियो भने ३७ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ