arrow

निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
shibir-myagdi.jpg

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं पिसाब परीक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिए । शिविरमा वडा नं ४ सिङ्गाका सबै गाउँबस्तीसँगै छिमेकी वडाका बिरामीको पनि उपचार गरिएको थियो । शिविरबाट नशा र हाडजोर्नीको समस्या भएका बिरामीले बढीजसो सेवा लिएका छन् ।
 
शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड, स्त्री तथा प्रसूतिरोग, हाडजोर्नी, नशा तथा बाथ रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यसैगरी शिविरमा जनरल तथा ल्याप्रोस्कोपीक सेवा, बाथरोगलगायतको निःशुल्क औषधि वितरण गरिएको सभापति बानियाँले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ