arrow

पोखरामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
accident-final.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नंं ५ फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका वडा नं १२ अमलाचौरका ४१ वर्षीय गणेश आचार्य रहेका छन् ।

मंगलबार राति ११:२० बजे बा४८प ९५७९ नम्बरको मोटरसाइकल बागलुङ बसपार्कबाट जिरो किमितर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा राति ११ः३७ मा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ