arrow

भीमफेदीमा कार दुर्घटना, बाबुछोरीसहित तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
accident-final.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा तीन जनाको मृत्यु र दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो ।

कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते मनहरी-८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका-१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ