arrow

१७ वर्षीय किशोरलाई आठ वर्ष कैद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
nepal-police12.jpg

सप्तरी। सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ ।

विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए । 

पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो । 

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । 

जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ