arrow

तीन तहको तथ्याङ्क आपसमा मिलेन, समन्वय आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
baikuntha-aryal-chief-secretary-pmo-office.jpg

काठमाडौँ ।  नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताएका छन् ।  

बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताए । उनले तथ्याङ्क निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणीकरण हुनुपर्नेमा जोड दिए । 

उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए ।

उनले भने – ‘संघीय, प्रादेशिक तथा स्थानीय तथ्याङ्क प्रणाली सुदृढीकरणका लागि आवश्यक पूर्वाधार तयार गर्ने भन्ने । हामीले के ग¥यौँ त भन्दा खेरी त्यो तथ्याङ्क प्रणाली सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्ने  त्यो एउटा पाटो त हो । तर हामीले तीन तहको जुन तथ्याङ्कहरू छन्, त्यसको शुद्धता परीक्षणको कुराहरूलाई शुद्धता र प्रमाणीकरणको कुराचाहिँ मुख्य हो कि अब । अर्को, तथ्याङ्कीय कार्यमा संलग्न निकायहरूका बिच प्रभावकारी समन्वय प्रणाली विकास गर्ने । तथ्याङ्क प्रतिवेदन प्रकाशित भएको एक महिनापछि स्थानीय तहहरूले निकालेको प्रोफाइलमा डाटा फरक छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ