arrow

इदगाहचोकमा फेरि ठडियो गिरिजाबाबुको सालिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
girijaprasad-koirala-story-FNL.jpg.jpeg

पर्सा । वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ । 

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको बताए । 

“मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए पनि उहाँको विचार र आदर्शलाई भत्काउन सकिँदैन”, उनले भने, “मधेस, पहाड र हिमालका जनताले पूर्वप्रम कोइरालले लोकतन्त्र स्थापनाका निम्ति गर्नुभएको योगदान नेपालीले नबिर्सने मेरो विश्वास छ ।” 

उनले सालिक निर्माण रु ११ लाख र अन्य पूर्वाधार निर्माणमा रु पाँच लाख खर्च भएको बताए । “प्रदेश सरकारको करिब रु १६ लाख बजेटमा कोइरालाको पूर्णकदको सालिकसहितका अन्य संरचना तयार पारेका छौँ”, उनले भने, “कोइरालाको एक सय एकऔँ जन्मजयन्तीका अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम छ ।” 

आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक गरिने छ । श्री कोइरालाको नेतृत्वमा दशवर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा समाहित गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ