arrow

केएमसीमा साउन १ देखि स्वास्थ्य बिमा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
kmc-beema-program-81-2-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । 

सम्झौताअनुसार साउन १ गतेबाट केएमसीमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । 

शुक्रबार भएको सम्झौताअनुसार केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

केएमसीले पछिल्लो समय उच्चस्तरीय सेवा दिइरहेको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ