arrow

माधव बुढानीलकण्ठ गएको विषयले माओवादीमा हलचल, प्रचण्डको ब्रिफिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
maoist-meeting-81-2-18.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

बैठकमा उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए ।

साथै बैठकमा प्रचण्डले नेपाल बुढानीलकण्ठ जानुअघि आफूलाई जानकारी गराको बताउँदै सत्ता समीकरण पाँच वर्ष नै टिक्ने दाबी गरेका थिए । 

बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेट गर्दै मधेसमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ