arrow

यी हुन् जेठ १७ गते बसेको मन्त्रिपरिषद्‌का निर्णय [भिडियो]

 त्रिविको नाममा रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न पूर्वसचिव त्रितालको संयोजकत्वमा समिति गठन, यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहेकले घर बाहिर लैजान नपाउने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
rekha-sharma-02-18.jpg

काठमाडौँ । सरकारले जेठ १७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी हुन् । 

 सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजी गर्न नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिले लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । समिति सदस्यहरुमा नेपाल सरकारका पूर्वसहसचिव द्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी रहेका छन् । त्यस्तै प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहने पनि उनले जानकारी दिइन् । 

त्यस्तै मन्त्रिपरिषद्ले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका, यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहेकले घर बाहिर लैजान नपाउने निर्णय गरेको छ । त्यस्तै यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउने गरी निषेध गरिएको उनले जानकारी दिइन् ।

यी हुन् जेठ १७ गते बसेको मन्त्रिपरिषद्‌का निर्णय

‘नेपाल विशेष सेवा बिसौँ संशोधन नियमावली २०८१ मा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने ।

जर्मनीको वुमनमा सञ्चालन हुने युएन क्लाइमेट कन्फ्रेन्स् अन्तर्गत एक्पपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको कुमार पौडेललाई जेठ २१ देखि २५ सम्म सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

जेठ १९ देखि २४ सम्म कोलम्बियाको बोगटामा आयोजना हुने स्पेशल जुरिडिक्शन फर पिस(जेइपी) मा सहभागी हुन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव डा. उदयराज सापकोटा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतम र नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाललाई स्वीकृत प्रदान गर्ने ।

एसियाली विकास बैङ्कको आयोजनामा फिलिपिन्सको मनिलामा जेठ २१–२२ सम्म सञ्चालन हुने लिडरसिप फोरम अन राइजिङ द प्रोफाइल अफ पर्फमेन्श अडिट्स फर एसियाआइ नेपाल र चीन सरकारबीच हुने भुकम्पीय अनुसन्धान सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियार दिने ।

प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहेकले घर बाहिर लैजान नपाउने, र यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउने गरी निषेध गर्ने ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिने र सोपश्चात् गर्नुहुने संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

१५ शैय्याको अस्पताल निर्माण गर्न बनेपा नगरपालिका काभ्रेपलान्चोकलाई सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।

न्यादी जलविद्युत आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र राइट अफ वेको विकास निर्माणको लागि लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा रहेको वनको २.९५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृति दिने ।

सुरीखोला जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण गर्नको लागि गौरीशङ्कर संरक्षण क्षेत्र अन्तर्गत रहेको दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका र कालिन्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल जम्मा २.९९३ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका विभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृत दिने ।

साँघु खोला जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन आयोजना निर्माणको लागि दोलखा जिल्लाको बिगु गाउँपालिका र कालिन्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ३.९८४३ हेक्टर जग्गा प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृति दिने ।

विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई मनोनयन गर्ने ।

त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गामध्ये प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवम् भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा नेपाल सरकारका पूर्वसहसचिव द्वय महेन्द्र कुमार थापा एवम् जानकीवल्लभ अधिकारी, प्रा.डा. प्रेमसागर थापालाई त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेको एक समिति गठन गर्ने ।

भीमेश्वर नगरपालिका दोलखा र चीनको छेन्दुस्थित डुजियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

जेठ २० देखि २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वर्ल्ड सिटी समिट कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्वीकृति प्रदान गर्ने ।

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा, सुविधा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ स्वीकृत गर्ने ।

सडक दस्तुर उठाउने कार्यविधि २०८० स्वीकृत ।

तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गर्ने गरी सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए बिस्तारलाई विकास तथा सञ्चालन गर्न स्वीकृत दिने ।

नेपाल न्याय सेवा तर्फ नेपाल राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने निर्णय ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ