- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यतिबेला मुलुकभरकै गर्मी उखरमाउलो तरिकाले बढिरहेको छ । मध्यमजस्तो लाग्ने काठमाडौँ उपत्यकामासमेत यसपालि तुलनात्मक रुपमा गर्मी बढी छ । ३३ देखि ३५ डिग्री भित्रमा निरन्तर केही समयदेखि तातोको राप लागिरहेको छ ।
यो उखरमाउलो गर्मीले मानिसमात्र हैन जनावरसँगै चराचुरुङ्गीलाई पनि अत्यास लागेको छ ।
सो क्रममा गर्मी बढेसँगै स्वयम्भूका बाँदरहरू तातोको रापलाई धाप लगाउन पोखरीमा पौडी खेल्दै शरीर शितल बनाइरहेका छन् ।
स्वयम्भू परिसरमा बाँदरकै लागि बनाइएको पोखरीमा पौडी खेल्ने गरेका छन् ।