arrow

सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
madhav-nepal-03-05.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताएका छन् ।

पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज विमोचन गर्दै उनले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरे ।

समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा छाएको निराशाले राजनीतिक व्यवस्था खतरामा रहेको बताउँदै उनले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै उनले राजनीति सहज बनाउन तीनै तहका सरकारले चाँडो नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताए ।

उनले पौडेलद्वारा लिखित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ