arrow

माछापुच्छ्रे बैङ्कले सल्यान जिल्लाको श्री त्रिभुवन जन माध्यमिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
mbl-water-supply-csr-salyan.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा नपा वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ। मिति २०८१/०२/१६ गते बुधवार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो।

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खाने पानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात् बैङ्कले उक्त  विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो।

२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक-कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या रहेको थियो।

उक्त समस्यालाई मध्यनजर गर्दै बैङ्कले स्थायी रूपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैङ्कले झन्डै २ महिनाको समय लगाएर उक्त पूर्णदारहरू निर्माण गरेको थियो।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न सङ्घसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।



नयाँ