arrow

सिजीको क्युलेड टिभीमा विश्वकपको छुट्टै मज्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
cg-meridia-signature-series-cricket-world-cup-2024.jpg

काठमाडौँ। टी२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ। नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिँदैछ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ। यसपालि नेपाली टिमले टी२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

नेपालको सबैभन्दा ठूलो र नं १ ब्राण्ड सिजीले टी२० विश्वकप २०२४ लाई लक्षित गर्दै 'खेल नेपालीको, टिभी नेपालको' अभियान सुरु गरेको छ। यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरूले कुनै पनि  सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ इन्चको टिभीमा सिजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन-द-स्पट ०% ईएमआई, सिजी लोयल्टी क्लब रिवार्ड र सिजी इलेक्स् मार्फत आफ्नो सामानको मूल्याङ्कन आफै गरी एक्सचेन्ज गर्न सक्नेछन्। सिजी ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइ एस वो ९००१:२०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन्।

आइसिसी टी२० विश्वकप २०२४ को नजिकिँदै जाँदा नेपाली फुटबल फ्यानहरूले सिजीको क्युलेड नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ। 

यो अभियान  नेपालभर सीमित समयको लागि लागु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ