arrow

पोखरामा सवारी दुर्घटना हुँदा युवतीकाे मृत्यु, युवक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
accident-final.jpg

पोखरा । पोखरामा आज बिहान करिब ८ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १४ चाउथे बस्ने १८ वर्षीया बबिता रिमाल रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०ः३४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा पोखरा-१४ चाउथेका २९ वर्षीय कमल थापा क्षत्री घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार पोखरा १३ गौंडाकोमुखमा ग१ख ६३९४ नम्बरको टिप्परलाई लु८७प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्नेक्रममा ठोक्किएर दुर्घटना भएको हो ।

टिपर चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ