arrow

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउने [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
governor-adhikari.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१-०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएका छन् । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समीक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए । उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए । उनले मौद्रिक नीतिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताए । 

गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए । उनले नेपालको लगानी,पुँजीगत खर्च उत्पादनशील नभएको बताए । उनले लगानी उत्पादनशील बनाउनको लागि राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको बताए । 

उनले भने,‘अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट इमानदारीपूर्वक ल्याउनुभएको छ । खोतल्दै जाँदा निस्केला कतिपय कुराहरू त्यो अलग कुरा हो । बजेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष निजी क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ भनेर बारम्बार सम्बोधन गर्न खोजिएको छ । निजी क्षेत्रको महत्त्वपूर्ण माग थियो । रिसिएभल सम्बन्धी ऐन नै बनाएर पेश गर्ने कुरा भएको छ । सूचना प्रविधिमा सूचना केन्द्र,हब बनाउने विषय छन् । गत एक वर्षमा मात्रै ७० अर्ब प्रविधि निर्यात भएको कुरालाई आगामी दिनमा क्यास गर्न सकिन्छ । भन्ने सोचबाट बजेट आएको छ । ६० प्रतिशत रहेको कृषिलाई प्राथमिकतामा राख्ने कुराहरू परेका छन् । बजेटका प्राथमिकता र उद्देश्यहरू स्पष्ट छन् । तर निजी क्षेत्र र सरकार आफै बजेट कार्यान्वयनमा गहिरिएर लाग्नुपर्छ । खर्च गर्ने संयन्त्रमा खाल गर्नुपर्ने छ । समयमा नै पुँजीगत खर्चको सुरुवात भयो भने सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । ५.५ प्रतिशत मूल्यवृद्धि कायम राख्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षमा लक्ष्य पूरा हुने अवस्था देख्छु । बजेटमा ठूलो महत्त्वाकाङ्क्षी र आकार पनि ठूलो आएको छैन । मुलुकको अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमध्ये विगत दुई वर्षदेखि चुनौतीपूर्ण क्षेत्र सार्वजनिक वित्त हो । मुलुकको चालु खर्च नियन्त्रण भन्दा बाहिर छ । फिक्स छ । बजेटलाई जुटाउनु पर्ने राजश्व जुन हो । त्यसका स्रोत सीमित छन् । आर्थिक शिथिलताको समयमा राजश्व सङ्कुचित छन् । कयौँ सीमाहरूभित्र बसेर नै बजेट बनेको छ । जस्तो आकाङ्क्षा बजेटले राखेको छ । विकास र निजी क्षेत्रलाई सँगसँगै लिएर जाने हुटहुटी बजेटका देखिन्छ । मौद्रिक नीतिका विषयमा छलफल शुरु गरेका छौँ । मौद्रिक नीति सबै क्षेत्र र सरोकारवालाहरूलाई राखेर पनि छलफल गछौं । कर्जा र ब्याजदर धेरै चासो भएको छ । विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिसकेका छौं । पछिल्लो पोलीसी रेट हेर्दा ५ प्रतिशत छ । मौद्रिक नीतिमा सहजता गर्दै आएका छौं । मेरो गुनासो पनि छ । २ वर्ष मैले गाली र गुनासो मात्रै सुने । नेपालको लगानी उत्पादनमूलक भएन । पुँजीगत खर्च पनि उत्पादनशील भएन । लगानी उत्पादनशील बनाउनको लागि राष्ट्र बैंकले लिएका नीतिहरू बैंक स्रोतलाई सही ठाउँमा सदुपयोग भएन । कर्जाको लगानी उत्पादनमूलक क्षेत्रमा लगाएनौ । लगानी उत्पादनमा क्षेत्रमा लगाउने आग्रह गर्दछु। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउँछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ