arrow

सडक विभाग र महानगरपालिकाको विवाद लज्जास्पद - प्रतिमा गौतम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
pratima-gautam-2080-06-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौँ महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छिन् । प्रतिनिधि सभा बैठकको सोमबारको शून्य समयमा बोल्दै सांसद गौततमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जासपद भएको बताइन् । 

राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवाले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् । 

उनले भनिन्, ‘सभामुख महोदय, अहिले काठमाडौँ महानगरपालिका र सडक विभागबीच आरोप–प्रत्यारोप चलिरहेको छ । फोहर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक–पटक विवाद हुनु लज्जास्पद विषय हो ।’ 

गौतमले अगाडि भनिन्, ‘राज्यका दुई अंगबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबीच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्थामाथिनै प्रश्न उठिरहेको छ । यसतर्फ पनि गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ