arrow

पानी ट्यांकरको ठक्करबाट इन्जिनियर कैनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
accident-tanahun.jpg

पोखरा । तनहुँको ब्यास नगरपालिका वडा नं. १ अम्रेनीस्थित पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ का २९ वर्षीय प्रवीन कैनी छन् । कैनी व्यास नगरपालिकाका इन्जिनियर हुन् । उनी नगरपालिकाकाे घर नक्सा शाखामा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिलिपकुमार हुमागाईंका अनुसार आज दिउँसो करिब २ बजे मुग्लिन-पोखरा सडक आयोजनाको बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको पानी ट्यांकरले कैनी सवार ग१९ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर हुमागाइँले जानकारी दिए ।

ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । दिउँसो ४ बजेपछि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकर चालकले ट्यांकर ब्याक गरेर मोटरसाइकल चालक कैनीलाई किचेको आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ