arrow

विश्वकपमा श्रीलंकाको खराब शुरुआत, दक्षिण अफ्रिका हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-sl-sa-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा श्रीलंकाले खराब शुरुआत गरेको छ । 

श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको हो । न्यूयोर्कमा भएको पहिले ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा अलआउट हुँदै ७७ रनमात्र बनायो । कुसल मेन्डिसले १९, एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेन्डिसले ११ रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । 

एन्रिच नोट्जेले ७ रन खर्चेर ४ तथा कागिसो रबाडा र केशव महाराजले २ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिकाले १६.२ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । समूह डीको यो खेलमा श्रीलंकाको यो हारले भने नेपाललाई केही हदसम्म फाइदा पुगेको छ । 

बलियो दक्षिण अफ्रिका अगाडि लाग्दा कम्तीमा श्रीलंकालाई पराजित गर्ने हो भने नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ ।

समूह डीको यो खेलमा नेपालले आज पहिलो खेल खेल्दैछ । राति ९ः१५ बजे नेपालले नेदरल्याण्ड्ससँग खेल्ने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ