arrow

बालेनलाई काम गर्न दिनुपर्छ - चन्द्र भण्डारी

गिरीबन्धुहरूको कारणले धेरै नेपालीहरू ठगिएका छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
walendra-sah-balen-81-2-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साह बालेनको काममा अवरोध गर्न नहुने बताएका छन् ।

एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन् । 

उनले बालेनमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए । सांसद भण्डारीले गिरीबन्धु टि स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।

उनले भने, ‘गिरीबन्धु कसले गर्‍यो ? यो अनुसन्धानको विषय हो । गिरीबन्धुहरूको कारणले धेरै नेपालीहरू ठगिएका छन् । जसरी सहकारीमा ठगिएका छन् । यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ । र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ । दोस्रो कुरा जुन बालेनहरु नयाँ जेनेरेशन आएका छन् । उसलाई केही गरौँ भन्ने हुटहुटी छ । हामीले त्यो काम गर्न दिनुपर्छ । आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु । मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन । र काम गर्न दिनु पर्छ । म युवा जेनेरेशनको पक्षमा छु । तर धेरै बोल्ने, नचाहिने कुरा गर्ने, आपसमा द्वन्द्व गर्नेहरूको पक्षमा होइन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ