arrow

विश्वकपमा अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-gurbaz-zardan.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र युगान्डा भिडिरहेका छन् । 

समूह सीको प्रोभिन्समा भइरहेको खेल जितका लागि अफगानिस्तानले १८४ रनको चुनौती दिएको छ । खेलमा टस जितेर युगान्डाले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनायो । 

अफगानिस्तानका लागि पहिलो विकेटका लागि १५४ रनको कीर्तिमानी साझेदारी गर्ने क्रममा रहमनुल्लाह गुर्बाजले ४५ बलमा ७६ तथा इब्राहिम जर्दानले ४६ बलमा ७० रन बनाए । 

तर त्यसपछि भने आफगानिस्तानले उल्लेखनीय खेल्न सकेन । युगान्डालाई यो प्रतियोगिताकै सबैभन्दा कमजोर टिम मानिएको भए पनि सोही अनुसार अफगानिस्तानले रन भने जोड्न सकेन । 

समूह सीमा वेष्ट इन्डिज, पपुवा न्यूगिनी र न्यूजिल्याण्डसमेत रहेका छन् । पहिलो खेलमा वेष्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ