arrow

विश्वकपमा अफगानिस्तानको कीर्तिमानी जित, युगान्डा १२५ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-afg-ugd-=2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार शुरुआत गरेको छ ।

अफगानिस्तानले विश्वकपमा अहिलेसम्मकै फराकिलो जित हासिल गर्ने क्रममा जारी विश्वकपको सबैभन्दा कमजोर आँकिएको टिम युगान्डामाथि १२५ रनको जित हासिल गरेको हो ।  

समूह सीको प्रोभिन्समा भएको खेल जितका लागि अफगानिस्तानले १८४ रनको चुनौती दिएकामा युगान्डा १६ ओभरमै अलआउट हुँदै ५८ रनमा समेटिएको हो । 

रविन्सन ओबुयाले सर्वाधिक १४ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा फजलहक फारुकीले सर्वाधिक ५ विकेट लिए । उनले ९ रन खर्चेर ५ विकेट लिएका हुन् । 

फारुकी जारी विश्वकपमा ५ विकेट लिने पहिलो बलर हुन् । नवीन उल हक र राशिद खानले २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनायो । 

अफगानिस्तानका लागि पहिलो विकेटका लागि १५४ रनको कीर्तिमानी साझेदारी गर्ने क्रममा रहमनुल्लाह गुर्बाजले ४५ बलमा ७६ तथा इब्राहिम जर्दानले ४६ बलमा ७० रन बनाए । 

तर त्यसपछि भने आफगानिस्तानले उल्लेखनीय खेल्न सकेन । युगान्डालाई यो प्रतियोगिताकै सबैभन्दा कमजोर टिम मानिएको भए पनि सोही अनुसार अफगानिस्तानले रन भने जोड्न सकेन । 

समूह सीमा वेष्ट इन्डिज, पपुवा न्यूगिनी र न्यूजिल्याण्डसमेत रहेका छन् । पहिलो खेलमा वेष्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हराएको थियो । 

यो फराकिलो जितसँगै अफगानिस्तान शीर्ष स्थानमा पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ