arrow

केएमसीमा कम खर्चमा गुणस्तरीय मृगौला प्रत्यारोपण सेवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
kmc-kidney-.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले कम खर्चमा गुणस्तरीय मृगौला प्रत्यारोपण सेवा शुरु गरेको छ । 

अस्पतालले मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. विजयमान सिंह कटवालको नेतृत्वमा गोरखाका भरत सुनारको सफल मृगौला प्रत्यारोपण गरेको छ । भरतलाई उनकै आमाले मृगौला दान गरेकी छन् । 

भरतले नयाँ जीवन पाएको भन्दै केएमसी प्रति आधार व्यक्त गरेका छन् ।उनी पाँच दिनको अस्पताल बसाइपछि घर फर्कने तयारीमा छन् । 

केएमसी अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले नेपालमै सबैभन्दा सस्तो र उच्चस्तरीय मृगौला प्रत्यारोपण सम्पन्न भएको बताए । 

केएमसीमा प्रत्यारोपण गर्दा छ लाख ५५ हजार खर्च हुने भनिए पनि छ लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको उनले बताए । 

सांसद डा. सुनीलकुमार शर्माले केएमसी सम्हालेपछि अस्पतालले संस्थापन सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै सो बखतमा शल्यक्रिया गर्नुपर्ने पत्तो लागेका बिरामीको पनि निःशुल्क नै शल्यक्रिया गर्ने गरेको छ ।

अस्पतालले बिरामीलाई बढी भन्दा बढी सुविधा दिएर बाँच्न पाउने अधिकारलाई प्रत्याभूति दिलाउने गरी कम खर्चमा सेवा दिइरहेको बताएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ