arrow

दैलेखको दुल्लु केन्द्रबिन्दु भएर भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
earthquake-final-------.jpg
तस्बिर-फाइल

पोखरा । नेपालमा आज पनि भूकम्प गएको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिकाको नेपा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु जिल्ला सदरमुकामबाट ३५ किमी टाढा रहेको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी आज बिहान करिब १० बजेर ३० मिनेटमा भूकम्प गएको हो । 

सोमबार राति लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको बताइन्छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार भूकम्पबाट क्षति भयो भन्ने सूचना अहिलेसम्म आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ