arrow

सियाला सामुदायिक वनमा रुखले च्यापिएर दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
Bhairabi_Gaunpalika.png

नौमुले । दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।  सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ