arrow

नयाँ उपायको खोजीमा चीन 

कम्युनिष्ट जोड्ने सूत्र खोज्दै चीन, विद्या जाँदै औपचारिक भ्रमणमा 

भण्डारीको नेतृत्वमा एमाले, माओवादी र नेकपा एसलाई एकै ठाउँमा ल्याउन सकिने चीनको बुझाइ रहेको एक थरी एमालेको धारणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
vidyadevi-bhandari-always-8.jpg

काठमाडौँ । एमालेको राजनीतिमा सक्रिय हुने हल्ला चलाइएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक चीनको औपचारक भ्रमण गर्ने भएकी छिन् । 

अर्को महिना उनले चीन भ्रमण गर्ने तय भएको स्रोतले जानकारी दियो । ‘उहाँको भ्रमण यही महिना भन्ने थियो, आन्तरिक कारणले अर्को महिना मात्रै हुने भएको छ’, उनी निकट रहेका एक एमाले नेताले भने ।

एमालेभित्र केपी शर्मा ओलीको स्थानमा भण्डारी ल्याउने कसरत गरिरहेका केही नेताहरुले यो भ्रमणलाई अर्थपूर्ण राजनीति रहेको बताएका छन् । 

एमालेभित्र शेरधन राई, गोकुलप्रसाद बाँस्कोटा, कर्ण थापा लगायतका मध्यमस्तरका नेताहरुले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजिरहेका छन् ।

‘सरकारकै निमन्त्रणमा भ्रमण हुन लागको यसमा महामहिमको कुनै जोडबल होइन, उच्च तहको भ्रमण हुनेछ’, पूर्व राष्ट्रपति भण्डारी निकट स्रोतले भन्यो ।

२०७७ बैशाखमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई लिएर दुई राष्ट्रपतिबीच कुराकानी भएको थियो । टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले अरु बेलाभन्दा अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्य चाहिने बताएका थिए । 

त्यसयता नै पूर्व राष्ट्रपति भण्डारीले चीनलाई पहिलो प्राथमिकतामा राखेकी थिइन् । चीन भ्रमणलाई लिएर एमाले पंक्तिभित्र एमाले र चीनको सम्बन्धलाई सुमधुर बन्ने अपेक्षा पनि गरिएको छ । 

कोरोना संक्रमणकै समयमा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धमा हलुका दरार आएको थियो । नेपालका कम्युनिष्टहरुलाई एकै ठाउँ रहन चीनले दबाब दिँदै आएको बेला भण्डारीको नेतृत्वमा एमाले, माओवादी र नेकपा एसलाई एकै ठाउँमा ल्याउन सकिने चीनको बुझाइ रहेको एक थरी एमालेको धारणा छ ।

राजनीतिमा आउने चर्चाबीच गत जेठ १६ गते प्रज्ञा भवनमा भएको एक कार्यक्रममा भण्डारीले गरेको सम्बोधनबाट एमाले पंक्तिका केही व्यक्तिलाई उत्साही भएका छन् ।  

साथै अहिले हुने चीन भ्रमणलाई पनि उनीहरुले राजनीतिक रुपमा हेर्न थालेका छन् । २०७२ सालमा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा छैनिन् । 

एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन अध्यक्ष ओलीको उपस्थितिमा भण्डारीले गरेकी थिइन् । अध्यक्ष नै उपस्थित भएको कार्यक्रममा पार्टीको कुनै औपचारिक पदमा नरहेकी भण्डारीले गरेको भेला उद्घाटनलाई राजनीतिक पुनरागमनको रुपमा हेरिएको छ ।

विद्यालाई एमाले पुनरागमनको पूर्वाभ्यास



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ