arrow

रास्वपाका खेलकुद मन्त्रीको अर्को स्टन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
birajbhakta-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हरेक विषयमा स्टन्टबाजीको आरोप खेपिरहेका रास्वपाका मन्त्रीले फेरि अर्को स्टन्टबाजी गरेका छन् । रास्वपाका तर्फबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठले विश्वकप खेलको लाइभ प्रसारण गर्न स्थानीय तहलाई पत्र लेख्दै यस्तो स्टन्टबाजी गरेका हुन् । 

युवा तथा खेलकुद मन्त्रालयले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सबै स्थानीय तहमा यो खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । 

नेपालको संविधानले स्थानीय तहलाई स्वायत्त सरकारको रुपमा व्याख्या गरेको छ । त्यतिमात्रै नभएर खेलकुद विकासलाई स्थानीय तहको अधिकार सूचीमा समेत राखेको छ । यस्तो अवस्थामा खेलकुद विकासका लागि के गर्ने भन्ने सम्बन्धमा स्थानीय तह आफैँले निर्णय गर्छन् । 

यस्तो अवस्थामा आफूअन्तर्गत समेत नपर्ने स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमार्फत् पत्र लेख्नुलाई स्टन्टबाजी बाहेक केही नभएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । 

अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा टी–२० विश्वकप क्रिकेट जारी रहेको छ । नेपालले पहिलो खेलमा आज राति ९ः१५ बजेदेखि नेपाल र नेदरल्याण्ड्सबीचको खेल हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ