arrow

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो खेलमा मौसमले अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-nepal-24-6-4y.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । 

नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् । 

तर खराब मौसमका कारण खेल समयमा शुरु हुन सकेन । अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ । 

खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यद्यपि डालासमा नेपालले यसअघिदेखि नै अभ्यास गरेको र त्यहाँका स्थानीय टिमसँग अभ्यास पनि गरेकाले नेपालले जितसहित प्रतियोगितामा सुखद शुरुआत गर्ने अपेक्षा गरिएको छ । 

यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । 

यता समूह बीको इङ्गल्याण्ड र स्कटल्याण्डको खेल पनि खराब मौसमले अवरोध गरेको छ । 

स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ