- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
खराब मौसमका कारण केही समय ढिला भएको खेलमा नेपालले खराब ब्याटिङ ब्याटिङ गरेको छ ।
नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङमा आएको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाएर मात्र ४० रन बनाएको छ ।
अनिल साह १२ बलमा ११ रन बनाएर आउट भएका छन् । त्यस्तै ३.१ ओभरमा १५ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेलले १० बलमा ७ तथा आसिफ शेखले ८ बलमा ४ रन बनाएर आउट भए ।
नेदरल्याण्ड्सका टिम प्रिंगलले २ तथा लोगन भान बीकले १ विकेट लिएका हुन् ।
समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् ।
अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ ।
खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यद्यपि डालासमा नेपालले यसअघिदेखि नै अभ्यास गरेको र त्यहाँका स्थानीय टिमसँग अभ्यास पनि गरेकाले नेपालले जितसहित प्रतियोगितामा सुखद शुरुआत गर्ने अपेक्षा गरिएको छ ।
यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।
यता समूह बीको इङ्गल्याण्ड र स्कटल्याण्डको खेल पनि खराब मौसमले अवरोध गरेको छ ।
स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ ।