arrow

टी–२० विश्वकप

नेपाल सम्हालिन सकेन, निरन्तर ढल्यो विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-ramchandra-poudel.jpg
तस्बिर– राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलका साथ नेपालको खेल हेर्दै ।

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेलिरहेको छ । 

खराब मौसमका कारण केही समय ढिला भएको खेलमा नेपालले खराब ब्याटिङ ब्याटिङ गरेको छ । 

नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङमा आएको नेपाली ब्याटिङ लाइन धरासायी भएको छ । १०.४ ओभरमा नेपालले ५३ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमायो । 

नेपालका लागि अनिल साह १२ बलमा ११, कुशल मल्ल ९ बलमा ९ कुशल भुर्तेल १० बलमा ७ तथा आसिफ शेख ८ बलमा ४ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भए । 

टी–२० विश्वकपको इतिहासकै सबैभन्दा कान्छा २१ वर्षीय कप्तान रोहित पौडेल भने केही सम्हालिएर खेलेका छन् । 

नेदरल्याण्ड्सका टिम प्रिंगलले २ तथा पल भान मिकेरेन, बास डे लिडे तथा लोगन भान बीकले १ विकेट लिएका हुन् ।  

समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् । 

अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ । 

खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यद्यपि डालासमा नेपालले यसअघिदेखि नै अभ्यास गरेको र त्यहाँका स्थानीय टिमसँग अभ्यास पनि गरेकाले नेपालले जितसहित प्रतियोगितामा सुखद शुरुआत गर्ने अपेक्षा गरिएको छ । 

यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । 

यता समूह बीको इङ्गल्याण्ड र स्कटल्याण्डको खेल पनि खराब मौसमले अवरोध गरेको छ । 

स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ