arrow

टी–२० विश्वकपमा इङ्गल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
t20wc-eng-scot-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्ड र स्कटल्याण्डले अंक बाँडेका छन् । 

वर्षाले ब्रिजटाउनको मैदानमा खेल पूरा हुन नसकेपछि रद्द भएसँगै दुवैले १–१ अंक बाँडेका हुन् । 

शुरुआतमा वर्षाले ढिला शुरु भएको खेलमा ६ ओभरको खेलपछि फेरि वर्षाले खेल रोकिएको थियो । 

१० ओभरको नयाँ खेल तालिका आए पनि स्कटल्याण्डले १० ओभर खेलेपछि फेरि वर्षा भएसँगै खेल रद्द गरिएको हो । 

स्कटल्याण्डले १० ओभरमा कुनै विकेट नगुमाइ ९० रन बनाएको थियो । माइकल जोन्सले ३० बलमा ४५ तथा जर्ज मुन्सीले ३१ बलमा ४१ रन बनाएका थिए । 

यो खेल रद्द भएपछि भने नामिबिया २ अंकसहित पहिलो, स्कटल्याण्ड र इङ्गल्याण्ड १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । 

यो समूहमा ओमान र अष्ट्रेलिया छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ