arrow

टी–२० विश्वकपमा भारत र आयरल्याण्ड भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
t20-wc-india-irelend.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज एउटामात्र खेल हुँदैछ । समूह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो ।

अमेरिकाको न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल राति ८ः१५ बजेदेखि शुरु हुनेछ ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी–० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समूह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानाडा पराजित भएको छ । पाँचौँ टिम पाकिस्तान हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ