- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ ।काठमाडौँ मेडिकल कलेज केएमसीले नसा च्यापिएर बोल्नै नसक्ने बिरामीको ४ घण्टामै सफल शल्यक्रिया गरेको छ ।
बुटवलका गोपाल सुनुवारकी श्रीमतीको केएमसीमा सफल शल्यक्रिया गरेको हो ।
इन्टरभेसनल रेडियोलोजिष्ट एशोसिएट प्रोफेसर डा. पारस थापा नेतृत्वको टोलीले बोल्न नसक्ने अवस्थामा पुगेकी उनको ४ घण्टामै सफल शल्यक्रिया गरेको हो ।
उनको देब्रे तर्फको नसा बन्द भएको र तार विधिबाट उपचार गरिएको डा. रायमाझीले बताए ।
न्युरोलोजी विभाग प्रमुख डा. पारस रायमाझी केएमसीबाट समयमै उपचार गरिएको बताए ।
केएमसीले हालै कम खर्चमा गुणस्तरीय मृगौला प्रत्यारोपण सेवा शुरु गरेको छ ।
सांसद डा. सुनीलकुमार शर्माले केएमसी सम्हालेपछि अस्पतालले संस्थापन सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै सो बखतमा शल्यक्रिया गर्नुपर्ने पत्तो लागेका बिरामीको पनि निःशुल्क नै शल्यक्रिया गर्ने गरेको छ ।