arrow

टी–२० विश्वकपमा भारतको गतिलो शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
t20-wc-rohit-kohli.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा भारतले गतिलो शुरुआत गरेको छ । 

भारतले गएरातिको खेलमा कमजोर आयरल्याण्डमाथि ८ विकेटको जित हासिल गरेको हो । न्यूयोर्कमा भएको खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन बनायो ।

ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा हार्दिक पाण्डेयाले २३ रन खर्चेर ३ तथा जसप्रित बुमराहले ६ रन खर्चेर २ अनि अर्षदीप सिंहले ३५ रन खर्चेर २ विकेट लिए । 

जवाफमा भारतले रोहित शर्मा रिटायर्ट हर्ट हुनुपूर्व ३७ बलमा ५२ तथा ऋषभ पन्तले २६ बलमा अविजित रहँदै ३६ रन बनाएसँगै १२.२ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । 

समूह एमा रहेको भारत २ अंकसहित शीर्ष स्थानमा रहेको छ । अमेरिका पनि २ अंकबाट दोस्रो स्थानमा छ क्यानडा र आयरल्याण्ड अंकविहीन छन् । पाँचौँ टिम पाकिस्तान हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ