टी–२० विश्वकपमा ओमानविरुद्ध अष्ट्रेलियाको सामान्य प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
580
Shares
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र ओमान खेलिरहेका छन् ।
ब्रिजटाउनमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १६४ रन बनायो ।
कमजोर आँकिएको ओमानविरुद्ध रन जोड्न संघर्ष गरेको अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३५ बलमा अविजित रहँदै ६६ रन जोडे ।
त्यस्तै डेभिड वार्नरले ५१ बलमा ५६ रन जोडे । कप्तान मिचेल मार्शले २१ बलमा १४, ट्राभिस हेडले १० बलमा १२ रन बनाए भने ग्लेन म्याक्सवेल डकआउट (शून्यमा पहिलो बलमै) भए ।
ओमानका मेहरान खानले २ विकेट लिए । उनले यसअघि नामिबियाविरुद्ध पनि राम्रो बलिङ गरेका थिए ।
यो समूहको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो भने इङ्गल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्द हुँदा अंक बाँडेका थिए ।