arrow

टी–२० विश्वकपमा पीएनजीमाथि युगान्डाको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
t20-wc-png-ugn-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा सबैभन्दा कमजोर आँकिएको युगान्डाले पपुवा न्यूगिनी पीएनजीमाथि रोमाञ्चक जित हासिल गरेको छ । 

प्रोभिन्समा भएको खेलमा युगान्डाले ३ विकेटको जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको पीएनजीले १९.१ ओभरमै अलआउट हुँदै ७७ रन बनायो । हिरि हिरीले सर्वाधिक १५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अल्पेश रामजानी, कस्मस केवुटा, जुमा मियागी र फ्रान्क एनसुबुगाले २–२ विकेट लिए । 

जवाफमा युगान्डाले १८.२ ओभरमै ७ विकेटको क्षतिमा जित हासिल गर्यो । रियाजत अली शाहले ३३ रन बनाए । अलि नाओ र नोर्मान भानुअले २–२ विकेट लिए । 

यो जितसँगै समूह सीमा युगान्डा २ अंकसहित तेस्रो स्थानमा छ । यसअघि युगान्डाले अफगानिस्तानसँग १२५ रनको फराकिलो हार बेहोरेको थियो । अफगानिस्तान र वेष्ट इन्डिजले सतप्रतिशत नतिजासहित २–२ अंक बटुलेका छन् । पीएनजी अंकविहीन छ भने न्यूजिल्याण्डले अहिलेसम्म खेलेकै छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ