arrow

दश लाख डलरको प्रतिस्पर्धा गर्न तीन नेपाली विद्यार्थी भारतमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
hult-prize-nepalese (15).jpg

भक्तपुर । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीन जना नेपाली विद्यार्थीको टोली भारतको मुम्बई जाने भएका छन् । 

हल्ट प्राइज कम्पिटिशनमा भाग लिन उनीहरु विहीबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट मुम्वई जान लागेका हुन् । हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

भक्तपुरको चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुर भक्तपुरमा सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरु लजिता भट, लिजा तामाङ र संयम मानन्धर प्रतिस्पर्धामा भाग लिन जान लागेका हुन् । 

विद्यार्थीको बिदाइ तथा शुभकामना दिन बुधबार कलेजले कार्यक्रम गरेको थियो । कलेजका अनुसार उनीहरु विहीबार मुम्बइका लागि प्रस्थान गर्ने छन् । उनीहरुको ती नजनाको समूहले तीन दिनसम्म त्यहाँं आफूभित्र रहेका नयाँं आइडियालाई प्रस्तुत गर्नेछन् । 

कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख उपप्रध्यापक विष्णुप्रसाद भण्डारीले कलेजको प्लेन टिकट, खाने, वस्ने सम्पूर्ण सुविधाबाट विद्यार्थी त्यता जान लागेका हुन् । 

कलेजले आन्तरिक प्रतियोगिता गरी सर्वोत्कृष्ट हुन सफल विद्यार्थी अन्तर्राष्टिय प्रतिस्पर्धामा सहभागी हुन त्यता जान लागेको उनले सुनाए । 

कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीका अनुसार सिभिल इन्जिनियरिङका ती विद्यार्थी सेमिफाइनलमा प्रवेश पाई प्रतिस्पर्धाका लागि जान लागेको हुन् । त्यहाँंबाट उत्कृष्ट भए उनीहरुको अर्को तहको प्रतिस्पर्धाका लागि बेलायतको लण्डन जान पाउने उनले सुनाए । 

प्रतियोगिता प्रत्येक वर्ष चल्दै आएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ । 

विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

hult-prize-nepalese (1).jpg
hult-prize-nepalese (2).jpg
hult-prize-nepalese (3).jpg
hult-prize-nepalese (4).jpg
hult-prize-nepalese (5).jpg
hult-prize-nepalese (6).jpg
hult-prize-nepalese (7).jpg
hult-prize-nepalese (8).jpg
hult-prize-nepalese (9).jpg
hult-prize-nepalese (10).jpg
hult-prize-nepalese (11).jpg
hult-prize-nepalese (12).jpg
hult-prize-nepalese (13).jpg
hult-prize-nepalese (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ