arrow

मिनिट्रकको ठक्करबाट दाहालको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
accident-final.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाडामा आज दिउँसो मिनि ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा अन्नपूर्ण-१ नौडाँडाका ७१ वर्षीय रुद्रप्रसाद दाहाल रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो करिब २ बजे ग१क २६२५ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा पैदल यात्रामा रहेका दाहाल गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि तत्कालै पोखरास्थित मेट्रोसिटी अस्पतालमा ल्याइएकोमा चिकित्सकले दिउँसो २ः५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान झार्नका लागि ट्रक व्याक गर्नेक्रममा दाहाललाई ठक्कर दिएको थियो ।

ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ