arrow

पहिरोले पुरिँदा लोडर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
Lamjung-hamrakura.jpg.jpeg
तस्बिर-फाइल

पाेखरा । लमजुङमा पहिराले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. १० का ४२ वर्षीय गोपाल तामाङ रहेका छन् ।

उनी मर्स्याङ्दी गाउँपालिका वडा नं. ६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाका ‘लोडर’ चालक हुन् । बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा उनी गम्भीर घाइते भएका थिए ।

तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ