arrow

यी हुन् जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
rekha-sharma-02-25.jpg

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । 

जेठ २४ गते बिहीबार बसेको बैठकको आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  निर्णय सार्वजनिक गरेकी हुन्  । 

यी हुन् जेठ २४ गते बसेको मन्त्रिपरिषद्का निर्णय

भारत, अमेरिका, कतार, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदुतहरुलाई फिर्ता बोलाउने ।

प्रधानमन्त्री भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने। जानको लागि आवश्यक टोली निर्माण गर्ने ।

लगानी सहरीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूचि बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगमा सूचिकृत गर्ने ।

जीवनाषक विषादी सम्बन्धी नियमावली पारित भएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत गरिएको छ ।

'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ