arrow

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
ramchandra-prachanda-80.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आशन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार दिउँसो भारत प्रस्थान गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ