arrow

मोदीको शपथमा जाँदा प्रचण्डसँगै फिर्ता बोलाइएका राजदूत शर्मा साथमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
prachanda-shankar-sharma.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा सहभागी हुँदा साथमा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि सहभागी हुने भएका छन् । 

सरकारले एक महिनाको समयसीमा दिएर फिर्ता बोलाएका कारण आज बेलुकी स्थानीय समयअनुसार ७ः१५ बजे हुने शपथ ग्रहण कार्यक्रममा प्रधामन्त्री प्रचण्डसँगै शर्मा पनि सहभागी हुने भएका हुन् ।

सरकारले गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट भारतका लागि नेपाली राजदूत शंकर शर्मासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

तीन दिनअघि सरकारले राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि सरकारको आलोचना भैरहेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र राजदूत फिर्ता बोलाउने एकसाथ निर्णय भएपछि आलोचना भएको हो ।

प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी हुन आइतबार दिउँसो भारत जाँदैछन् । सपथ ग्रहण समारोहमा भाग लिन कानूनमन्त्री पदम गिरीलगायत प्रधानमन्त्रीको सचिवालयको टिम सहभागी हुनेछ । 

एक महिनाको समय सीमामा फर्कन निर्देशन दिएको र भारतमै रहेका शर्मा प्रधानमन्त्रीसँगै विशेष समारोहमा सहभागी हुने भएका हुन् ।

भारत भ्रमणमा जाने र त्यही देशका राजदूतलाई फिर्ता बोलाउन ४ दिन कुर्न नसकेको भन्दै कूटनीतिक वृत्तमा चर्को आलोचना भएको छ । राजदूत फिर्ता बोलाउनु भनेको उनीप्रति अविश्वास रहेको भन्ने हो । 

अनि तिनै अविश्वास रहेका राजदूतलाई साथमा राखेर प्रधानमन्त्री प्रचण्ड कसरी मोदीको शपथ ग्रहणमा सहभागी हुने भन्ने कुराले कुटनीतिक क्षेत्रमा चर्चाको विषय बनेको छ । 

मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ राजदूतलाई फिर्ता बोलाएको थियो । 

सरकारले ११ देशमा रहेको नेपाली राजदूतलाई फिर्ता बोलाएको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनभिज्ञता जनाएका थिए ।

‘सरकारले आवश्यक ठानेर नै विभिन्न देशका राजदूतलाई फिर्ता बोलाएको होला’, राजदूत सँगको जवाफमा ‘राजदूत फिर्ता बोलाएको विषय मलाई थाहा छैन, राजदूत फिर्ता गर्न सरकारलाई मन लाग्यो होला । यो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जान्ने कुरा हो । हामी हरेकले थाहा पाउँदैनौँ यस्तो कुरा’, ओलीले भनेका थिए । 

तर राजदूत नियुक्ति सबै एमालेको कोटामा हुँदैछ । स्थानीय तहकोसमेत चासो राखेर काठमाडौँ महानगरका प्रमुख वालेन्द्र साह (बालेन) सँग त निहुँ खोज्ने ओलीले यति ठूलो विषयमा चासो नदिँदा हुन् त प्रचण्डलाई राजदूत हटाउने जरुरत थिएन होला नै । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ