arrow

प्रदेशस्तरीय फुटबल उपाधिका लागि कास्की र तनहुँ भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
football-gandaki.jpg

पोखरा । कास्की र तनहुँ गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा तनहुँले बागलुङलाई २-१ गोलले पराजित गरी फाइनलको यात्रा तय गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा कास्कीले म्याग्दीलाई ४-१ गोलले पराजित गरी उपाधि नजिक पुगेको हो ।

फाइनल खेल सोमबार दिउँसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटवल संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।

उपाधि विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख नगद पुरस्कारका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ