arrow

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
prachanda-murmu-81-2-28.jpg

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मूसँग आज भेट गरेका हुन् ।  

सो अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । 

त्यसैगरी उनप्हरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि उनीहरुबीच भेटवार्ता भएको थियो । 

सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा मोदीलाई बधाई दिनुका साथै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । 

प्रचण्ड आइतबार राति मुर्मूले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । उनका साथमा पुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ